असार ७ । समाचारको विषयलाई लिएर पत्रकार सुशिल पन्त लगायत तीन जनालाई प्रहरीले पक्राउ गरेपछि प्रेस काउन्सिल नेपाल तथा पत्रकार महासंघको टोली हनुमान ढोकास्थित प्रहरी परिसरमा पुगेर घटनाबारे जानकारी लिएको छ ।

प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की तथा पत्रकार महासंघका सचिव जगत नेपाल लगायतको टोलीले त्यहाँ गएर पत्रकार आचार संहिता तथा प्रेस कानुनका विषयमा प्रहरी अधिकारीहरुको ध्यानाकर्षण समेत गराएको छ ।

सो अवसरमा काउन्सिलका पदाधिकारीले अनलाइनमा लेखिएको समाचारका सम्बन्धमा काउन्सिलले नै कारवाही गर्ने ०६४ कात्तिक २० गतेको नेपाल सरकारको निर्णय सुनाउँदै पक्राउ परेका पत्रकार आफूहरुलाई जिम्मा लगाउन प्रहरीसँग आग्रह गरेका थिए।

टोलिले त्यहाँ छलफल गरिसकेपछि हेलोखबर डटकमले प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्कीसँग गरेको छोटो कुराकानी यस्तो छः


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।