असार ७ । कमाइ गर्न भारतको गौरीकुण्ड गएका जाजरकोटका छ जना युवाको बाढीपहिरोमा परेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा टालेगाउँ–४ का अविबहादुर सिंह, बखत सिंह, वीरेन्द्र सिंह, धीरेन्द्र सिंह, विवेक सिंह र वडा नं ७ का हरिबहादुर शाही रहेको स्थानीय मानबहादुर सिंहले जानकारी दिएका छन् ।

उनीहरुको मृत्युको खबरले पूरै गाउँ शोकाकुल भएको छ । आफन्तले मृतकको शव घरपरिवारलाई बुझाइदिन सरकारसँग माग गरेका छन् । जिल्ला प्रहरी प्रमुख डिएसपी रमेश थापाले सँगैका साथी र आफन्तको फोनका आधारमा मृतक भनिए पनि पुष्टि गर्न कठिन भएको बताए ।

उनीहरू वैशाखको दोस्रो साता त्यहाँ गएको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।