असार ७ । केही समयदेखि लगातार उकालो चढ्दै आएको डलर बढेर इतिहासकै महंगो रेकर्ड राख्न सफल भएको छ भने उतार चढावमा रहेको सुन भने दुई वर्ष यताकै सस्तो भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलरको मूल्य ९५ रुपैयाँ ९९ पैसा तोकेको छ । हिजो भने ९४ रुपैयाँ २५ पैसा तोकेकोमा ९६ रुपैयाँभन्दा बढीमा कारोबार भएको बताइएको छ ।

यसैगरी, उतारचढावमा रहेको सुनको मुल्य दुई वर्षयताकै सस्तो बन्न पुगेको छ । तर, सुन व्यापारी पसल बन्द गरेर एक सातादेखि आन्दोलनमा रहेकाले व्यापार भने भएको छैन ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ३.४ प्रतिशत सस्तो भई प्रतिऔस एक हजार तीन सय डलर कायम भएको र यो मुल्य दुई वर्षयताकै सबैभन्दा सस्तो भएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।