असार ७ । नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले सार्थक संविधान निर्वाचनका लागि नेकपा–माओवादीलगायतका असन्तुष्ट दलहरूलाई निर्वाचनमा समेट्नुपर्ने बताएका छन् ।
बिहीबार आयोजित प्रेस चौतारी झापाको साधारणसभामा असन्तुष्ट दलहरूको सहभागिता बेगरको संविधानसभाको चुनाव व्यावहारिक र सार्थक नहुने धारणा राखे ।
उनले उनीहरूलाई निर्वाचनमा सहभागी गराउन सरकार र सबै दल गम्भीर हुनुपर्ने उल्लेख गर्दै नेता ज्ञवालीले द्वन्द्व न्यूनीकरण र शान्ति स्थापनाका लागि संविधानसभाको निर्वाचन आवश्यक रहेको बताए ।
Comments