काठमाडौँ ६ असार । सर्वोच्च अदालतले बाधा अड्काउ फुकाउ आदेश सम्बन्धमा र मन्त्रिपरिषद्का अध्यक्षविरुद्ध परेका सबै रिट निवेदनमा यही असार २० गते विशेष इजलासमा सुनुवाइ हुने भएको छ ।

कामु प्रधानन्यायाधीशसहित नौ सदस्यीय विशेष इजलासले आज अधिवक्ता ओमप्रकाश अर्याल तथा बानेश्वर निवासी भरतमणिजङ्गमले बहालवाला तथा पूर्वप्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउने सम्बन्धमा सरकारका तर्फबाट हालसम्म भएका र पछि गरिने कामकारबाही बदर गर्न माग गर्दै दायर गरेको रिट निवेदनको सुनुवाइ सो सम्बन्धमा परेका सबै रिट निवेदन एक साथ राखी गर्न आदेश दिएको हो ।

अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, डा गोपाल सिवाकोटी चिन्तन, कञ्चनककृष्ण न्यौपाने, सुनिल रन्जनसिंहलगायत करिब १६ जनाले सो आदेश तथा प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीमा गरिएको नियुक्तिका सम्बन्धमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।