असार ६ । १२ कक्षाको परीक्षा दिएर काम खोज्न भारत पुगेका ६ जना नेपालीलाई बाढीले बगाएको छ ।

भारतको उत्तराखण्ड पुगेका जाजरकोट टालेगाउँका ६ जनालाई बाढीले बगाएको हो ।

बाढीले बगाएर ज्यान गुमाउनेहरुमा जाजरकोट टालेगाउ-४ का अभिबहादुर सिंह, गणेशबहादुर सिंह, बखतबहादुर सिंह, धिरेन्द्रबहादुर सिंह, वीरेन्द्रबहादुर सिंह र टालेगाउ ७ का हरीबहादुर शाही छन् ।

उनीहरुसँगै काम गर्न गएका जाजरकोटका दलबहादुर सिंहले फोनमार्फत उक्त घटनाको जानकारी परिवारमा दिएका हुन् ।

लगातार वर्षापछि आएको बाढीले नेपालका विभिन्न स्थानमा पनि दर्जनौँ व्यक्तिलाई बगाएको छ भने हजारौँ विस्थापित भएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।