असार ५ । गत शनिबार छुट्टी मनाउने क्रममा त्रिशुली नदिमा डुबेर बेपत्ता भएका पाँच जना मध्ये एक जनाको शव आज फेला परेको छ ।

आज बिहान बेपत्ता मध्ये मनिका रेग्मीको शव चितवनको कविलाश गाविस ५ स्थित केराबारी भन्ने स्थानको त्रिशुली नदि किनारमा फेला परेको हो ।

बेपत्ता अन्य चार फेला परेका छैनन् । शनिबार छुट्टी मनाउन आएका अन्य रजनी रेग्मी, लिजा रेग्मी, अस्मिता थापा र जनक राउतको शव अझैं फेला नपरेको हो ।

स्थानीयले मनिकाको शव फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए । मनिकाका काकाले शवको पहिचान गरेपछि मुचुल्का तयार गरी परिवारलाई जिम्मा लगाइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।