असार ५ । शैक्षिक भ्रमणमा गएका बेला त्रिशूली नदीमा नुहाउने क्रममा बेपत्ता भएका ताप्लेजुङ हाङपाङका हस्त आङबुहाङको शव छ दिनपछि नारायणगढमा भेटिएको छ ।

काठमाडौँको कान्तिपुर इञ्जिनियरिङ कलेजमा अध्ययनरत आङबुहाङलाई गत बुधबार नदीले बगाएको उनका दाजु अशोक आङबुहाङले बताए ।

शैक्षिक भ्रमणमा गएको बेला पौडी खेल्न पसेका दुईमध्ये एक जना पौडिएर निस्किए पनि हस्त बेपत्ता भएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।