घाइते भएको दुई महिनापछि पत्रकार भण्डारीलाई उपचारार्थ सहयोग

असार ४ । घाइते भएको दुई महिना पछि पत्रकार जीवन भण्डारीले उपचारका लागि सहयोगार्थ रकम पाएका छन् ।
गत बैशाख २३ गते पत्रकार महासंघको आन्दोलनका क्रममा घाइते भएका पत्रकार भण्डारीलाई आज उपचारका लागी सहयोग रकम हस्तान्तरण गरिएको हो ।
राजधानीमा गरिएको कार्यक्रममा पत्रकार भण्डारीलाई संचार सहकारी संस्थाका अध्यक्ष विष्णु निष्ठुरी र रिपोटर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाले सहयोग रकम प्रदान गरेका हुन् ।

आन्दोलनका क्रममा प्रहरी हस्तक्षेपका कारण वायाँ खुट्टामा चोट लागेका पत्रकार भण्डारीको राजधानीमा रहेको ग्राण्डी अस्पतालमा उपचार गरिएको छ ।

पत्रकार भण्डारी नेपाल प्रेस युनियन काठमाण्डौका उपाध्यक्ष र नेपालवाणी नेटवर्कका समाचार प्रमुखका रुपमा आवद्ध छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।