असार ४ । अविरल वर्षासँगैको आएको पहिरोले घर बगाउँदा एकै परिवारका पाँच जना बैतडीमा बेपत्ता भएका छन् ।

बैतडीको खोड्पे–९ खोलाखोड्पेको एक घरका ५ जना पुरिएका हुन् ।

गाउँलेले प्रहरीलाई खबर गरेपछि अहिले प्रहरीले बेपत्ताहरुको खोजी कार्य गरिरहेको छ ।

घटनाबारे थप जानकारी आउन बाँकी छ ।

यता, नागरिक दैनिकको अनलाइन संस्करण नागरिक न्यूजले अबिरल बर्षासँगै आएको बाढीले जोगबुढाका दुई गाउँ सम्पर्कबिहीन भएको खबर छापेको छ ।

ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुर्य चन्दको भनाई उधृत जोगबुढा–२ का पट्रानी र ठन्डाजाला गाउँका मानिस राति देखि नै सम्पर्कबिहीन भएको खबरमा उल्लेख गरेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।