असार २ । नेकपा–माओवादीलगायतका विभिन्न दलहरुले आह्वान गरेको बन्दका कारण आज देशभर नै प्रभाव परेको छ । नेपाल बन्द भने साँझ ५ बजेदेखि खुलेको छ ।
संविधानसभा निर्वाचनको बिरोधमा माओवादी नेतृत्वको ३३ दलिय गठबन्धनसहित अशोक राइको संघीय समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको जनअधिकार फोरमले आज नेपाल बन्दको आह्वान गरेको हो ।
बन्दका कारण काठमाडौं उपत्यका सहित देशका मुख्य ठाउँमा गाडी चलेनन् भने बजार र शिक्षण संस्था पनि ठप्प रहे ।
सडकमा एम्बुलेन्स, प्रेस, खानेपानी लगायत अत्यावश्यक सेवाका सवारी साधनलाई भने निर्वाध रुपमा चल्न दिइएको थियो ।
प्रधानन्यायाधीश नेतृत्वमा सरकार गठन भए लगत्तै विरोधमा उत्रिएका असन्तुष्ट दलहरु चुनावको मिति घोषणा भएपछि फेरि आन्दोलित भएका हुन् । चुनावको तिथि खारेज र सर्वपक्षीय सहमतिबाट राजनीतिक निकास हुनुपर्ने उनीहरुले माग राख्दै आएका छन् ।
Comments