असार १ । बलिउड बादशाहका नामले परिचित अभिनेता शाहरुख खान फेरि पिता बन्ने हल्ला एकाएक फिजिएर गएको छ ।
यतिबेला बलिउडमा यो विषयले निक्कै चर्चा पाउने गरेको छ ।
शाहरुख र गौरी खानको यस अघि पनि एक छोरा र एक छोरी रहेको चर्चा गरिएको छ । र अहिले उनीहरुले जन्माउन लागेको बच्चा तेस्रो सन्तानको रुपमा रहने बताइएको छ ।
गौरी र शाहरुखले सरोगेसी कृतिम टेक्नोलोजीको माध्यमबाट बच्चा जन्माउन लागेका भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उनीहरुको हुनेवाला बच्चा छोरा रहेको छ ।
Comments




