असार १ । नेपाल विद्यार्थी सङ्घका पूर्व पदाधिकारीहरुले सङ्घको महाधिवेशन चाँडो गराउन माग गर्दै नेपाली काँग्रेसका सभापति सुशील कोइरालासमक्ष आज ज्ञापनपत्र बुझाएका छन् ।

सङ्घका पूर्व महामन्त्रीद्वय मनोजमणि आचार्य, गजेन्द्र कार्कीलगायतका पदाधिकारीले संविधानसभाको चुनावमा सक्रिय भई पार्टीको सङ्गठनलाई सुदृढ बनाउनका लागि पनि सो निर्वाचन अगाडि नै महाधिवेशन गर्नुपर्ने नत्र त्यसको विकल्प पार्टीले दिनुपर्ने मागको ज्ञापनपत्र कोइराला निवास महाराजगन्जमा सभापतिलाई बुझाएको सङ्घका पूर्व केन्द्रीय सदस्य उर्मिला थपलियाले बताइन् ।

जवाफमा सभापति कोइरालाले महाधिवेशनको विकल्प खोजिनुपर्ने धारणा राख्दै महामन्त्री प्रकाशमान सिहंसँग छलफल गर्न सुझाव दिएको थपलियाले उल्लेख गरिन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।