लालबहादुर ढेंगा, दुबई – जनजातिहरुका अग्रज नेता गोरेबहादुर खपांगीको स्वास्थ्य उपचारको लागि युएईस्थित कार्यरत प्रवासी नेपालीहरुले नेपाली रु.८१ हजार १ सय आर्थिक सहयोग गरेको छ । मगर संघ युएईको पहलमा सो रकम संकलन गरी पठाएको हो ।
गत महिना काठमाण्डौंस्थित मोटरसाइकलको टक्करबाट दुर्घटनामा परेका खपांगीलाई अन्नपूर्णा न्यूरो हस्पिटालमा भर्ना गरिएको थियो भने हालमा थापाथलीस्थित नर्मिक हस्पिटालमा सिफ्त गरी उपचार चलिरहेको छ । उपचारको क्रममा स्वास्थ्यप्रति निकै सुधार आएका छन् ।
मगर संघ युएईले केन्द्रीय कोषाध्यक्ष उपेन्द्र राना मगरको संयोजकत्वमा गोरेबहादुर खपांगीको उपचारका लागि एउटा आर्थिक सहयोग समिति बनाएको थियो । सो रकम सोही समितिद्धारा युएईका विभिन्न सहरबाट संकलन गरिएको हो ।
उक्त रकम नेपाल मगर संघका केन्द्रीय कोषाध्यक्ष तथा गोरेबहादुर खपांगी मगर उपचार समितिका संयोजक कुलप्रसाद पुन मगरको नाममा मगर संघ युएईका कोषाध्यक्ष उपेन्द्र राना मगरले रेधा अल अंसारी इक्सचेन्जमार्फत पठाएको हो ।
यस आर्थिक संकलन गर्नमा युएईस्थित कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले राम्रो सहयोग गरेका थिए । सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुलाई मगर संघ युएईका अध्यक्ष नुनप्रसाद सोमै मगर, वरिष्ठ उपाध्यक्ष बविता रास्कोटी, महासचिव भरत राना र कोषाध्यक्ष उपेन्द्र रानाले आभार व्यक्त समेत गरेका छन् ।