असार १ । ओखलढुंगामा आज एक यात्रु जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् ।

जिल्लाको केत्तुकेमा बा १० च ३४०१ नम्बरको जीप दुर्घटना भएको हो । उक्त जिप सडकबाट अन्दाजी ८०० मिटर तल खसेको थियो ।

र्घटनामा परी दोलखाका ५ बर्षिय रोशन खड्का, सिरहाका बिन्देश्वरप्रसाद सिंह र नाम नखुलेका एक जना अन्य व्यक्तिको मृत्यु भएको छ ।

दुर्घटनापछि घाइतेहरुको उद्दार गरि स्थानीय सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।