जेठ ३१ – चर्चित गायक यम बराल शुक्रबार राजधानीको एक क्यासिनोबाट पक्राउ परेका छन्।
 


बराललाई प्रहरीले शुक्रबार राती दुई बजे मल्ल होटलको भेनस क्यासिनोबाट पक्राउ गरेको हो । लामो समय अमेरिका बसेर फर्किएका बराल क्यासिनामो फेला परेपछि प्रहरी फन्दामा परेका हुन् ।

नेपालमा क्यासिनोमा जान प्रतिबन्ध छ । राजधानीको दरबारमार्गमा खटिएको प्रहरी टोलीले छापा मार्ने क्रममा बराल पक्राउ परेका हुन् । कानुनी रुपमा प्रतिबन्ध लगाइएको भए पनि विभिन्न समयमा नेपाली क्यासिनोमा लुकेर छिर्ने गरेका छन् । प्रहरीले बराललाई क्यासिनोमा खेलिरहेको बेला पक्राउ गरेको हो ।

 राती दुई बजे पक्राउ परेका बराललाई दरबार मार्ग प्रहरी कार्यालयबाट अहिले  हनुमानढोकातर्फ लगिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।