जेठ ३१ – अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले आज  साँझ पाँच बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्।


प्रमुख चार राजनीतिक दलको सहमति पछि सरकारको नेतृत्व गरेका रेग्मीले  आज साँझ ५ बजे पहिलो पटक देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।

बिहिबार बसको मन्त्रीपरिषद बैठकले यही मंसिरमा संविधानसभाको निर्वाचनको मिति घोषणा पछि आउन लागेको रेग्मीको सम्बोधनले निर्वाचनमा सबैलाई सहभागी हुन आह्वान गर्ने अनुमान गरिएको छ । निर्वाचनको मिति घोषणा भए लगत्तै नेकपा–माओवादी, संघीय समाजवादी पार्टी, मधेसी जनअधिकार फोरमले भने आन्दोलनमा जाने बताइरहेका बेला रेग्मीले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।

बिहिबारको मन्त्रीपरिषद बैठकले यही मंसिर ४ गते नयाँ संविधानसभाको निर्वाचन गर्ने घोषणा गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।