जेठ ३१ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट काठमाडाँैतर्फ हिँडेको बा१०च ३४०१ नम्बरको बलेरो जीप ओखलढुङ्गाको सल्लेरी गाविसस्थित भुसुने जङ्गलमा आज दिउँसो २ बजे दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ ।
दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक पाँच वर्षीय बालक रोशन खड्काको उपचारका लागि सामुदायिक अस्पताल ओखलढुङ्गा ल्याउँदा बाटैमा मृत्यु भएको छ । अर्का मृत्यु भएका व्यक्तिमा सिराहाका विन्देश्वरप्रसाद सिंह रहेका छन् ।
मृत्यु भएका अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरीक्षक गोविन्द अधिकारीले बताए ।
चौध जना सवार जीप सडकबाट तल भीरमा खसेको स्थानीयबासीले बताएका छन् । दुर्घटनामा घाइते भएका ११ जनाको सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये सात जनाको पहिचान भएको छ । घाइते हुनेहरुमा दोलखाका केशव खड्का, रामेछापका कृष्ण कार्की, सोलुखुम्बुका निमप्रसाद बुढाथोकी, आसाम राई, कुमारी राई र डोलबहादुर नेपाली रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको छ ।
सो दुर्घटनाका बारेमा थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।