जेठ ३० – नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले निर्वाचनको मिति घोषणा भए अर्को द्वन्द्व सुरु हुने बताएका छन्।
बिहिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता गजुरेलले अर्को संविधानसभाको निर्वाचनको घोषणा भए अर्को द्वन्द्व सुरु हुने बताएका हुन् ।
गजुरेलले प्रमुख चार दलको सिन्डिकेटका कारण मुलुक संकटतर्फ मोडिएको भन्दै चार दलकै कारण निर्वाचनको मिति घोषणा भएपछि मुलुकमा अर्को द्वन्द्व सुरुहुने खतरा औल्याएका हुन् ।
गजुरेलले निर्वाचनको मिति घोषणा भए पनि निर्वाचनको वातावरण सिर्जना गर्न प्रमुख चार राजनीतिक दल नै असफल हुने भन्दै एकीकृत माओवादीले वाईसीएल ब्यूताउने र नेकपा एमालेले यूथ फोर्स ब्यूताउने खेल सुरु गरेकाले समेत निर्वाचनमो मिति घोषणा पछि मुलुकमा अर्को द्वन्द्व सुरु हुने आशंका गरेका हुन् ।
Comments







