जेठ २८ – एसएलसीको परीक्षासफल औपचारिक रुपमा सार्वजनिक नभइकन केही स्कुल र अभिभावकले सिडी र पेनड्राइभमा कपी गरेर लगेपछि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी पुगेका पत्रकारले आक्रोश पोखेका छन्।
पनिकाका कर्मचारीले पनिकाले औपचारिक रुपमा पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्नु अघि नै केही विद्यालयका सञ्चालक र आफन्त व्यक्तिलाई सिडी र पेनड्राइभमा कपी गरेर दिएपछि पत्रकार सम्मेलन गर्नुको औचित्य प्रष्ट पानुपर्ने माग गर्दै पत्रकारले आक्रोष पोखेका हुन् । पत्रकारले पनिकाका कर्मचारीले औपचारिक रुपमा परीक्षाफल सार्वजनिक नभई केही व्यक्ति र संस्थालाई विक्री गरेको आरोप समेत लगाएका छन् ।
परीक्षाफलको कुराइमा बसेका पत्रकारले पत्रकार सम्मेलन हुनु अघि नै सर्वसाधारणको साथमा नतिजा फेला पारेपछि नियन्त्रण कार्यालयको गोपनियताबारे प्रश्न उठाएका हुन् । पत्रकारले सानोठिमीको लापरबाहीप्रति आक्रोष पोखेपछि पत्रकार सम्मेलन स्थाल तनाव ग्रस्त बनेको थियो ।पत्रकारले गत वर्ष समेत परीक्षा नियन्त्रण कार्यालयले यस्तै बितन्डा मच्चाएको र गोपनियतालाई वेवस्था गरेको प्रति आक्रोष व्यक्त गर्दै चर्को विरोध गरेका थिए । पत्रकारले नतिजाका लागि घन्टौ पत्रकार सम्मेलन कुर्नु पर्ने तर केही सिमित व्यक्तिलाई भने परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीले परीक्षाफल औपचारिक घोषणा हुनु अघावै दिएको प्रति पत्रकारले आक्रोष पोखेका हुन् ।
पत्रकार आक्रोशित भएपछि पत्रकार सम्मेलनमा उपस्थित भएका शिक्षा मन्त्रालयका सचिव सोम प्रसाद सुवेदीले औपचारिक घोषणा अगावै परीक्षाफल सार्वजनिक भएको विषयमा छानबिन गर्ने बताएका छन् ।
मंगलबार दिउसो परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०६९ सालको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो । २०६९ सालको एसएलसीमा ४१.५७ प्रतिशत विद्यार्थी उत्र्तीण भएका छन् ।
२०६९ को एसएलसीमा कुल पाँच लाख ४७ हजार १ सय ६५ परीक्षार्थी सहभागी भएका थिए ।फोटो र भिडियो : हाम्राकुराडटकम
Comments