जेठ २७ । नौ महिना अघि ढोरपाटन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट हराएका जर्मन नागरिक म्यारेनो मेनेछितीको शव जिल्लाको रन्मामैकोट गाविसको यार्सागुम्बा सङ्कलन क्षेत्र अरविजामा भेटिएको छ ।

यार्सा सङ्कलनगर्न गएका  स्थानियले मेनेछितीको शव देखेर प्रहरीलाई खबर गरेका थिए । उक्त शवलाई सिकार क्षेत्रसम्म पु¥याउने कम्पनी मार्फत काठमाडौँ पठाइसकिएको यार्सागुम्बा सिजन व्यवस्थापन समितिका सल्लाहकार धनीमान पुनले जानकारी बताए  । शबको अनुहारमा छाला खसेको र अन्य स्थानमा केही नभएको उनले बताए ।

उनको साथमा २१० युरो,  आठ हजार नेपाली रुपैयाँ, क्यामेरा, राहदानी लगायतका सामग्री भेटिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।