जेठ २७ । नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले न्यूनतम मतसीमा राख्ने सम्बन्धमा पार्टीको पूर्ववत निर्णयलाई कायमै राखेको छ ।
पार्टी मुख्यालय बल्खुमा आइतबार सम्पन्न बैठकपछि एमालेका महासचिव ईश्वर पोखरेलले राजनीतिक पद्धतिलाई सुव्यवस्थित बनाउन मतसीमा आवश्यक भएका कारण पार्टीको पूर्ववत अडानलाई कायमै राख्ने निर्णय गरिएको बताए ।
बैठकमा आगामी असार ७, ८ र ९ गते हुने पार्टी केन्द्रीय कमिटीको बैठकको कार्यविधि सम्बन्धमा छलफल भएको उनले जानकारी दिए ।
बैठकमा विभिन्न ठाउँबाट पार्टी प्रवेशको क्रम, संविधानसभाको निर्वाचन सम्बन्धमा देखिएका कानुनी विवाद, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।



