जेठ २७ । यो वर्षको एसएलसी परिक्षाको परिक्षाफल दुई दिन भित्र आउने भएको छ ।

परिक्षा नियन्त्रण कार्यालय (पनिका) ले मंगलबार भित्र सबै काम सकिने भन्दै उत्तरपुस्तिकको नतिजा कार्यालयको सर्भरमा इन्ट्री भईसकेको र सिम्बोल नम्बर तथा प्राप्ताङ्क अन्तिम पटक परिक्षण गर्ने काम भइरहेको जनाएको छ ।

पनिकाले छिटो भन्दा छिटो नतिजा सार्वजनिक गर्ने पक्षमा भएको जनाउँदै इन्ट्री भएको नम्बरमा त्रुटि नहोस भनी दोहोर्‍याएर परिक्षण गरिने कार्य भईरहेको उल्लेख गरेको छ ।

गत वर्ष पनिकाले जेठ ३१ गते एसएलसीको पनतिजा सार्वजनिक गरेको थियो ।

गत वर्षको तुलनमा यसपाली एक दुई दिन भित्र नै नतिजा सार्वजनिक गरिने बताइएको छ ।

यो वर्ष एसएलसी परिक्षा चैत १ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको थियो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।