भरतपुर १० असोज
नेकपा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधि सभाको निर्वाचनमा आफू चितवनको ३ नम्वर क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेका छन् ।
मंगलबार बिहान चितवनका पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले आफू तीन नम्वर क्षेत्रबाट चुनाव लड्ने बताएका हुन् ।
पत्रकार सम्मेलनमा माओवादी केन्द्र एक्लै चुनाव लड्ने र स्थानीय आवश्यकता अनुसार कतिपय स्थानमा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरुसँग तालमेल गर्न सकिने पनि बताएका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।