काठमाडौं १० असोज । माओवादी केन्द्रले आसन्न संघीय संसद् र प्रदेशसभा निर्वाचनका लागि तत्कालै चुनावी तालमेलको बहसमा नअल्झिने रणनीति बनाएको छ ।

कांग्रेस–एमाले दुवैबाट चुनाव तालमेलका लागि आउने प्रस्ताव आफ्नो पार्टीलाई अल्झाउने र कोही–कसैसँग पनि तालमेल गर्न नदिई आफैं पहिलो दल बन्ने रणनीतिअनुसार आएको बुझाइ माओवादीको छ । ‘हामी जता मिल्छौं उतै बहुमत पुग्ने देखिएपछि हामीसँग तालमेल गर्न सकिने प्रस्ताव आएका हुन्’, माओवादीका केन्द्रीय सचिवालय सदस्य चक्रपाणि खनालले भने, ‘तर यस्तो प्रस्ताव माओवादीलाई अल्मल्याउने र कसैसँग पनि तालमेल हुन नदिई आफैं पहिलो दल बन्ने रणनीतिसाथ आएको हुनसक्छ । हामी अहिल्यै तालमेलको रणनीतिमा नफसी आफ्नै तयारीमा लाग्दैछौं ।’

माओवादीभित्र चुनावी तालमेलदेखि गठबन्धन निर्माणसम्म दुईथरी धारणा छन् । एकथरी नेता अहिलेकै गठबन्धनअनुसार कांग्रेससँगै तालमेलको योजना बनाउनुपर्नेमा छन् । अर्काथरी वामगठबन्धन बनाएर जानुपर्नेमा देखिएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।