जेठ २६ । घर पालुवा कुकुरलाई पार्क र यातायातमा छुट्टै स्थान हुनुपर्ने माग राख्दै फ्रान्समा र्याली निकालिएको छ ।

कुकुरका लागि यथेष्ट पार्कको माग गर्दे फ्रान्सका जनताले कुकरसहित सडकमा र्याली निकालेका हुन् ।

उनीहरुले सार्वजनिक यातायातमा छुट्टै स्थान हुनुपर्ने माग समेत गरेका छन् ।

आफ्ना कुकुरसहित फ्रान्सको राजधानी पेरिसबाट निकालिएको र्यालीले विभिन्न शहरको परिक्रमा गरेको थियो ।

उनीहरुले सार्वजनिक यातायातमा यात्रा गर्दा घरपालुवा कुकुरलाई काखमा राख्नु पर्ने बाध्यता भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।