जेठ २६, रासस । काभ्रेको मङ्गलटारबाट धुलिखेलतर्फ आउँदै गरेको एक मोटरसाइकल रोशी खोलामा खस्दा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रे नयाँगाउँ–६ बस्ने ३१ वर्षीय भरत तिमिल्सिना र मोरङ जिल्लाको मिर्गौलिया–७ बस्ने प्रमिला कार्की रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुवैजनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

बा३५प ११०४ नम्बरको उक्त मोटरसाइकल काभ्रेको कटुन्जे गाविस–६ स्थित बिपी राजमार्गको सडकबाट करिब ५० फिट तल रोशी खोलामा खसेर दुर्घटना भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।