जेठ २६ । केही दिन अघि आफ्नै फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेकी बलिउड नायिका जिया खानको सुसाईट नोट भेटिएको छ ।
उनको परिवारले ६ पेज लामो उक्त नोट फेला पारेको बताएका छन् । नोटमा आत्महत्याको कारण उनका ब्वाईफ्रेन्ड सुरज पंचोलीको प्रेममा भएको धोकाको मुख्य कारण भएको परिवार स्रोतलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उक्त नोटमा उनले लेखेकी छन् – ‘तिमिले धोका दियौँ, मैले हाम्रो सम्बन्धमा बढी बिश्वास गरेको थिए तर तिमीले यो सम्बन्धको केही मतलब गरेनौँ जब तिमीले यो नोट पढ्ने छौ सायद म यो संसारमा हुने छुइन ।’
प्रहरीलाई उक्त नोटको फोटोकपी उपलब्ध गराएको र सक्कली उनको परिवारले नै राख्न ईच्छुक भएको पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तर अनुसन्धानको लागि भने उक्त नोट दिने परिवारले बताएको छ ।