जेठ  २६ । पुल्चोक स्थित मन्त्री क्वाटरमा विजुली बत्तिको लाइन काटिएको छ ।

 क्षमता बढाउन गरिएको निर्णयको विरोध स्वरुप  बिद्युत प्रधिकरणका कर्मचारीहरुले आज बिहान मन्त्री क्वाटरमा  लाइन काटेका हुन् । कर्मचारीले मन्त्री क्वाटरमा धर्ना समेत दिएका छन् ।

 बिद्युत प्रधिकरणका कर्मचारीहरुले आर्थिक प्रलोभवनमा पारेर आयोजनाको क्षमता ६० बाट ९० बनाउने निर्णय गरेको निष्कर्ष निकालदै सम्पुर्ण कर्मचारी युनियन बिरोधमा उत्रिएका हुन । आज देखी मगंलबार  सम्म लाईन काटिने आन्दोलनरत कर्मचारीहरुले जनाएका छन ।

बिद्युत प्रधिकरणका कर्मचारीहरुले माग पूरा नभए विद्युत कटौती समय थपगर्ने चेतावनी दिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।