जेठ २६ । नेकपा–माओवादीले गत  जेठ १८ गते नेपाल र भारतका गृह सचिवस्तरीय बैठकमा भएको सम्पुर्ण  सहमति प्रति आपत्ति प्रकट गरेको छ ।

 नेकपा–माओवादीलका अध्यक्ष मोहन बैद्य किरणले आज  विज्ञप्ति प्रकाशित गरेर सहमति पत्रको मुख्यतः २० नं. बुँदामा नेपालको आधुनिक प्रहरी प्रतिष्ठान पनौतीमा निर्माण गरी सञ्चालन गर्न भारतलाई दिने विषय र २१ नं. बुँदामा अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागलाई पनि आधुनिकीकरण गर्ने भन्ने नाममा भारतलाई दिने विषयमा गरिएको सहमति राष्ट्रिय सुरक्षा संवेदनशीलताको दृष्टिले अत्यन्तै गम्भीर र आपत्तिजनक रहेको जनाएका छन् ।

यस प्रकारका निर्णयहरु राष्ट्रिय स्वाधीनताका दृष्टिकोणले अत्यन्तै घातक रहेको माओवादीले आरोप  लगाएको छ । यस प्रकारका राष्ट्रिय हित विपरीतका निर्णयहरुलाई अविलम्ब खारेज गर्न र ती निर्णयहरुको कुनै पनि बहानामा कार्यान्वयन नगर्न सम्बद्ध पक्षलाई  चेतावनी दिएको छ ।

  राष्ट्रिय सुरक्षा संवेदनशीलतासँग जोडिएका राज्यका निकायहरुको निर्माण, सुधार, आधुनिकीकरण र सञ्चालन लगायतका सबै कार्यहरु नेपाल सरकारले नै  गर्नु पर्नेमा विदेशीले यसमा  हस्तक्षेप गरेको माओवादीले ठहर   छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।