जेठ २६ । बलिउड नायिका शिल्पाका पति नेपाली पस्मिना बेचेर कमाउँछन् करोडौँ करोड कमाएको सार्वजनिक गरिदिएका छन् ।
आफ्नै व्यक्तिगत वेवसाइटमार्फत शिल्पाका पति राज कुन्द्राले यस्तो कुरा सार्वजनिक गरिदिएका हुन् ।
आफ्नै व्यक्तिगत वेवसाइटमार्फत शिल्पाका पति राज कुन्द्राले यस्तो कुरा सार्वजनिक गरिदिएका हुन् ।
उनको वेबसाइटमा नेपाली पश्मिना बेचेर करोडौँ कमाएको र त्यही पस्मिना बेचेर नै आफूले जीवनमा व्यापारको सुरुवात गरेको उल्लेख छ ।
उनले आफ्नो व्यक्तिगत वेवसाइटमा उल्लेख गरे अनुसार उनलाई व्यापारमा उनकै बाबुले आकर्षित गरेको र १८ वर्षमै आफ्नो जीवनप्रति सजग हुन लगाएपछि आफूले केही गर्ने सोच बनाएर नेपाली पस्मिना विदेश लगेर विक्री गरी करोडौँ रकम कमाएको जनाइएको छ ।

उनले नेपालबाट आफूले ल्याएको पस्मिनाले आफूलाई सुन बराबरको काम गरेको समेत उल्लेख गरेका छन् । सो बेला उनले नेपाली पस्मिनाका शलहरु बेलायतका विभिन्न फेसन पसलहरुमा बिक्रि गरेका थिए ।
भारतको आईपिएल टोली राजस्थान रोयल्सका मालिक समेत रहेका उनले पस्मिनाको व्यापार छाडेर अहिले भने हिराको व्यापार गर्न थालेको बताइएको छ ।
Comments







