जेठ २६  एमाओवादी केन्द्रीय समितिको बैठक पेरिसडाँडामा आज बाट  सुरु भएको छ।   बैठकले पार्टीभित्र रिक्त रहेको सचिव र कोषाध्यक्ष पद पूर्ति गर्ने जनाईएको छ ।

नेकपा-माओवादी अलगिएर गएपछि लामो समयसम्म उक्त पद  खाली नै रहँदै आएको छ । रिक्त पदाधिकारी चयनसँगै स्थायी समति, पोलिटव्यूरो र केन्द्रीय समितिमा  पनि हेरफेर गरिने एमाओवादी स्रोतले जनाएको छ ।


बैठकमा एमाओवादी नेताहरुको  व्यक्तिगत विवरण  संकलन गरिसकेको छ । एमाओवादी केन्द्रमा रहने नेताहरुको पृष्ठभूमि आउने गरी लिइएको व्यक्तिगत विवरणमको  समेत जानकारी राख्ने बताईएको हो ।

संगठन विभाग अन्तर्गत रहेको कार्यदल तयार पारेको प्रतिवेदन अनुसार नेताहरुलाई सामन्ती वर्ग, धनी किसान, मध्यम वर्ग, निम्न मध्यम वर्ग तथा गरिब किसान वर्गमा विभाजन गरिएको छ। वर्ग विभाजन गर्दा उनीहरुको आर्थिक स्थितिलाई मुख्य आधार बनाएर व्यक्तिगत  विवरण राख्ने जनाईएको छ ।

विवरणमा पार्टीमा प्रवेश गरेको मिति, उमेर,  जेल जीवन, जनयुद्धको क्रममा घाइते,  अपाङ्ग भएको, शहिद परिवारको बारेमा सहि विवरण राख्ने जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।