जेठ २६ । साताको पहिलो दिन छापावाल सुनको मूल्य आज गत शुक्रबारको तुलनामा प्रतितोला रु ८०० ले घटेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य प्रतितोला रु ५१ हजार ७०० मूल्य निर्धारण गरी कारोबार भएको जनाएको छ । सुनको मूल्य गत शुक्रबार प्रतितोला रु ५२ हजार ५०० मा कारोबार भएको थियो ।
त्यसैगरी महासङ्घले तेजावी सुनको मूल्य आज प्रतितोला रु ५१ हजार ४५० कायम गरेको छ । यसको मूल्य शुक्रबार रु ५२ हजार २५० कायम भई कारोबार भएको थियो ।
असली चाँदीको मूल्य पनि प्रतितोला रु २२ ले कमी आई आज प्रतितोला रु ८५५ मूल्य निर्धारण भएको छ ।
महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको अवस्था मजबुत भएर सुनको मूल्यमा कमी आएको बताए ।
Comments







