जेठ २६ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा भारत सरकारको निमन्त्रणामा आज दिल्ली  तर्फ  प्रस्थान  गरेका  छन् । देउवा संग  काँग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधी र पत्नी आरजु राणा पनि रहेका छन।

उनीहरुको दिल्लीमा भारतीय प्रधानमन्त्री मनमोहन सिंह, विदेशमन्त्री सलमान खुर्सिद, राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशङ्कर मेनन, विदेश सचिव रञ्जन मथाईलगायत भारत सरकारका उच्चपदस्थ पदाधिकारीसँग भेट हुने कार्यक्रम रहेको छ ।

त्यस्तै भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, जनता दल युनाइटेडका अध्यक्ष शरद यादव, राष्ट्रवादी काँग्रेस पार्टीका अध्यक्ष शरद पवार, समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंह यादव, काग्रेस पार्टीका महामन्त्रीद्वय जनार्दन द्विवेदी र दिग्विजय सिंह, कांग्रेस पार्टीका विदेश विभाग प्रमुख करण सिंह, नेपाल सोलीड्यारीटी सोसाइटीका अध्यक्ष डीपी त्रिपाठी, सिताराम यचुरी, केसी त्यागी, सुरिन्दर भदौरिया, विजय प्रतापलगायतका राजनीतिक शीर्ष नेतासँग भेटघाट हुने कार्यक्रम रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।