जेठ २५ । नेकपा–माओवादीका महासचिव रामबहादुर थापा (बादल) ले सुगौली सन्धिदेखि नै देशको स्वाधीनता गम्भीर सङ्कटमा परेको बताउँदै त्यसको समाधान खोज्न युवा वर्ग अघि सर्नुपर्ने बताएका छन् ।

नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाकोले गरेको प्रथम राष्ट्रिय युवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिबार धुलिखेलमा सम्बोधन गर्दै महासचिव थापाले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले देशभक्तहरुको आन्दोलनले निकट भविष्यमै गति लिने समेत बताएका छन् ।

वर्तमान सरकार विघटन गरी देशभक्तहरुको नेतृत्वमा नयाँ सरकार गठन गरिनुपर्ने समेत उनले बताएका छन् ।

नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाको उक्त भेलामा देशभरबाट झण्डै २५० तामाङ युवाको सहभागिता रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।