जेठ २५ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा विद्यमान राजनीतिक अस्थिरता र अन्योलतालाई अन्त्य गर्न निर्वाचन आवश्यक रहेको बताएका छन् ।
रौतहट–काठमाडौँ सम्पर्क मञ्चको १० औँ सम्मेलनको उद्घाटन गर्दै उनले मुलुकको शासनसत्ता कसले सञ्चालन गर्ने त्यसको छिनोफानो निर्वाचनले गर्ने भएकाले जनताको सर्वोच्चतामा विश्वास गर्ने सबै राजनीतिक दलले निर्वाचनमा सहभागी हुनुपर्ने बताए ।
बहुलवादी समाजमा विचार सिद्धान्तका आधारमा जनतालाई गोलबद्ध गर्ने अधिकार राजनीतिक दललाई रहेको उल्लेख गर्दै वरिष्ठ नेता नेपालले आफनो पार्टीले जनताको बहुदलीय समाजवादको सिद्धान्तको आधारमा आमजनतालाई अधिकार सम्पन्न गराउनका लागि अघि बढेको उल्लेख गरे ।
उनले निर्माणाधीन त्रिशूली ‘ए’ परियोजनामा पछिल्लोपटक भएको कमिसनको खेलले मुलुकको हित गर्न नसक्नेमा जोड दिँदै त्यसलाई अविलम्ब अख्तियारले छानबिन गर्नुपर्ने बताए ।
Comments