जेठ २५ । हास्य कलाकार दीपाश्री निरौला टेलिभिजन कलाकर्मी मञ्च नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् ।

कलाकर्मी मञ्च नेपालको चौथो वार्षिक उत्सव एवम् दोस्रो साधारण सभाबाट नेपाल टेलिभिजनको चर्चित हास्य टेलि शृङ्खला तितो सत्यकी दिपाश्री निर्विरोध निर्वाचत भएकी हुन् ।

शनिबार राजधानीको प्रज्ञा भवनमा सम्पन्न कलाकर्मी मञ्चको दोस्रो अधिवेशनले अध्यक्ष छान्न दिनभर जसो नै कसरत गरे पनि अन्तमा निरौलालाई चयन गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।