जेठ २५ । अमेरिकामा एक व्यक्तिले घरदेखि स्कुलसम्म जथाभावी गोली चलाउँदा ६ को ज्यानको ज्यान गएको छ ।

अमेरिकाको क्यालिफोर्निया राज्यमा एक बन्दुकधारीले एउटा घरबाट गोली हान्दै स्कूलसम्म पुगेको र प्रहरीले उनलाई गोली हानी लडाएपछि मात्रै उनले गोली चलाउनेक्रम रोकिएको बताइएको छ ।

आक्रमणकारीले दुई जनाको हत्या घरमै गरेको र अन्यको भने सान्टा मोनिका कलेजको छेउमा गरेको अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बन्दुकधारीले आक्रमण गरिरहदा सानटा मोनिकाको पाँच किलोमिटर नजिके रहेको एक स्थानमा राष्ट्रपति बाराक ओवामा समेत एक कार्यक्रममा सहभागी थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।