जेठ २५ । बाबु बनेर कागजात बनाइ नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन खोजेको आरोपमा शुक्रबार एक जना पक्राउ परेका छन् ।
नातामा ज्वाइँ रहेका भारतीय नागरिकलाई धरहरीमा रहेको नागरिकता वितरण टोलीमा झुठो विवरण पेस गरी नेपाली नागरिकता प्रमाणपत्र दिलाउन खोजेको आरोपमा सुरक्षाकर्मीले दिपही गाविस–६ का दिपलाल हजरालाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
भारतको हथिऔल गाउँका ज्वाइँ दीपु हजरा पासवानलाई झुठो विवरण देखाइ नागरिकता प्रमाणपत्र लिन खोजेको आरोपमा शङ्का लागेर सोधपुछ गर्दा ससुरा दिपलाल पक्राउ परेको राससले जनाएको छ ।
गाविस सचिवले जन्मदर्ता र नेपाली नागरिक भएको सिफारिससमेत गरेका थिए । विगत दुईवर्षदेखि उनी ससुरालीमा बस्दै आएका थिए । टोलीमा खटिएका कर्मचारीले सोधपुछ गर्न थालेपछि भारतीय नागरिक पासवान फरार भएका थिए ।
Comments







