२५ । सरकार र आन्दोलनरत मुक्त कमलरीबीच भएको वार्तामा १० बुँदे सहमति भएपछि मुक्त कमलरीहरूले एक हप्ताअघिदेखि जारी आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा शुक्रबार साँझ भएको वार्तामा मुक्त कमलरीहरूले उठाएका विभिन्न मागमध्ये अधिकांश माग पूरा गर्न सरकार सहमत भएपछि आन्दोलनका सबै कार्यक्रम एक महिनाका लागि फिर्ता लिइएको पूर्व सभासद् शान्ता चौधरीले जानकारी दिइन ।

उनले सहमति भएका सबै बुँदाको कार्यान्वयन नगरिएमा एक महिनापछि पुनः आन्दोलन गरिने बताइन् ।

मुक्त कमलरीलाई परिचयपत्र दिइनुपर्ने, उनीहरूकोे व्यवस्थापन हुनुपर्ने, यही जेठ १९ गते सिंहदरबार घेराउका क्रममा घाइते भएका कमलरीको उपचार गरिनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्नेलगायत माग राखी उनीहरू आन्दोलनमा उत्रिएको थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।