तपाईलाई कुनै एउटा क्रिकेट खेलाडीले दैनिक ५० लाख कमाउँछ भन्दा पत्यार नलाग्न पनि सक्छ । तर तपाईले पत्याउनै पर्ने हुन्छ । किनकी यो कुरा साँचो हो – हाम्रै छिमेकी राष्ट भारतका क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनीले दैनिक आम्दानी ५० लाख कमाउने गरेका छन् ।

फोर्स पत्रिकाका अनुसार आम्दानीका हिसाबले धोनी विश्वमा १६ स्थानका खेलाडी हुन् । र उनको दैनिक आम्दानी ५० लाख रहेको छ ।
यसअघि अघिल्लो साल भने धोनी ३१ औ स्थानमा रहेका थिए ।

तिनै धोनीले पछिल्लो वर्ष एक अर्ब ७९ करोड भारतीय रुपैयाँ आम्दानी गरेको पत्रिकाले उल्लेख गरेको छ ।

तर फोर्सको पहिलो नम्बरमा रहेका गल्फर टाइगर उड्सले भने गएको वर्ष ७८.१ मिलियन डलर आम्दानी गरेका छन् ।

त्यस्तै दोस्रो स्थानमा ७१.५ मिलियन डलर सहित टेनिस स्टार रोजर फेडेडर, तेस्रो स्थानमा बास्केटबलका अमेरिकी खेलाडी कोबी ब्रायन्ट ६१.९ मिलियन डलर सहित रहेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।