जेठ २४ । जिल्लाको पूर्वी क्षेत्र जाङ गाविस वडा नं. ९ खारावाङका एक वृद्ध ११ दिनदेखि बेपत्ता छन् ।

जेठ १४ गते हराएका ५५ वर्षीय भूपेन्द्रप्रकाश रोकालाई अझैसम्म भेटाउन नसकेपछि आफन्त चिन्तित बनेका छन् ।

मानसिक सन्तुलन ठीक नभएका रोका जाङकै लालपाटनको गुफाबाट हराएको उनका दाजु सुरबहादुर रोका मगरले बताए । परिवार र आफन्तले रोका हराएकै दिनदेखि खोजी कार्य जारी राखेको भएपनि कहीँ पत्ता नलागेको बताइएको छ ।

लामो समयसम्म बेपत्ता भएका रोकालाई भेटाउनेलाई रु १० हजार नगद पुरस्कार दिने घोषणा परिवारले गरेको छ । बेपत्ता रोकाका दाजु सुरबहादुरले भाइलाई भेटाएर घरसम्म पु¥याउने वा प्रहरीमा बुझाइदिने जो कोहीलाई रु १० हजार दिने बताए । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।