जेठ २४ । केही समयदेखि लगातार उतारचढावमय बन्दै आएको सुनको भाउ शुक्रबार भने ४ सयले वृद्धि भएको छ ।

आज नेपाली बजारमा छापावाला सुन तोलाको ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । हिजो भने छापावाला सुन ५२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

यता, तेजाबी सुनको मूल्यमा पनि शुक्रबार तोलामा साढे ४ सय रुपैयाँ बढेर ५२ हजार २ सय ५० रुपैयाँमा पुगेको छ ।

चाँदीको मूल्य पनि शुक्रबार तोलामा १२ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी बजारमा तोलाको ८ सय ७७ रुपैयाँमा कारोबार भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।