जेठ २३  ।  राजनीतिक दलले अब  चन्दा  चेकबाट पाउने भएका छन । बिभिन्न समयमा चन्दाको पिडामा परेका व्यवसायिहरु चेकमार्फत चन्दा भुक्तानी गरी  पारदर्शितासँगै उद्योगीले खर्च देखाएर राजस्व छुट समेत  पाउने भएका छन ।  
 चेक मार्फत चन्दा दिने परिपाटी बसाल्न पहिलो चरणमा राजनीतिक दल समर्थित विद्यार्थी संगठनसँग उसले छलफल गरिसकेको छ भने खर्च देखाउने व्यवस्था गर्न मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँग समेत भेटेरै प्रस्ताव गरेको छ ।

यसबाट रेग्मीले चन्दालाई खर्च देखाउनेबारे सम्बन्धित मन्त्रालयसँग छलफल गरेर टुंगोमा पुग्ने आश्वासन दिएका छन् ।

 राष्ट्रिय व्यवसायिक पहल  (एनबिआई)  यो  अभियान अघि बढाएको हो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।