१५ हजार तलब हुनु पर्ने माग गर्दै उद्योग कलकारखाना बन्द

 जेठ २३  नेकपा–माओवादी निकट मजदुर संगठनले आजबाट  देशभरका उद्योग कलकारखाना बन्द गरेको छ।मजदुरको न्यूनतम तल १५ हजार रुपैयाँ हुनुपर्ने माग गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले देशैभरका कलकारखाना र उद्योग बन्द गरेको छ । मजदुरहरुको  बन्दका कारण बालाजु औधोगिक केन्द्र काठमाडौ  बारा पर्सा औधोगिक करिडोर, हेटौडा औधागिक केन्द्र,लगायतका स्थानमा  उद्योगहरु बन्द भएका छन ।
यस अघि यसअघि अन्य मजदुर संगठन, सरकार र उद्योगी व्यवसायीबीच मजदुरको न्यूनतम तलब ८ हजार रुपैयाँ पुर्याउने सहमति गरेर मजदुर लाई बाच्न  पनि गाह्रो हुने तलबमा अन्य संगठनले  सहमति गरेर धोका  दिएको भन्दै न्युनतम  १५ हजार  तलब हुनु पर्ने माग गरेका हुन । बन्द आज र भोलीका   लागि गरीएको यदी माग पुरा नभए अनिश्तिकालिन बन्द गर्ने महासंघका संयोजक रामदीप आचार्यले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।