जेठ २३  यस वर्षको एसएलसीको  परीक्षाफल आगामी एक साताभित्र प्रकाशन हुने भएको छ ।   परीक्षामा कुल पाँच लाख ४७ हजार १६५ परीक्षार्थी सहभागी भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले  यस बर्षको  रिजल्ट कुनै पनि पत्रपत्रिकामा पैसा तिरेर न छपाउने  कसैले निशुल्क छापे उपलव्ध गराउने जनाएको छ ।
पत्रपत्रिकामा एसएलसीको परीक्षाफल प्रकाशन गर्दा कार्यालयलाई आर्थिक भार बढेको भन्दै अब आफ्नो वेभसाइट  र सातभन्दा बढी इन्टरनेट सेवा तथा एसएमएसमार्फत तत्कालै परीक्षाफल जान्न सकिने व्यवस्था भइरहेको परिक्षा नियन्त्रण कार्यलयले जनाएको छ । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।