जेठ २२ । उदयपुरको त्रियुगा नगरपालिका–३ नयाँ बसपार्क क्षेत्रमा आज बिहान एक दम्पतीबीच झगडा हुँदा श्रीमतीको छुरा प्रहारबाट श्रीमान् गम्भीर घाइते भएका छन् ।
सामान्य घर झगडामा १८ वर्षीया श्रीमती मीना (विक) राईले १९ वर्षीय श्रीमान् खिलराज राईलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाएकी हुन् ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि धरानस्थित बिपी मेमोरिय अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।
उनीहरुले दुई महिनाअघि मात्र अन्तरजातीय प्रेमविवाह गरेको बताइएको छ । हाल मीनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।
Comments







