जेठ २२ । पश्चिम पहाडी जिल्ला दैलेखमा आज बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने अन्य ३५ जना बढी घाइते भएका छन् ।

दैलेखको स्यालामा आज भएको बस दुर्घटनामा घाइते मध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ ।

कर्णालीबाट सुर्खेत जाँदै गरेको मध्यपश्चिम यातायातको दैलेखको स्यालामा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेहरुको सनाखत हुन बाँकी छ भने घाइतेहरुलाई स्थानीय अस्पताल लैजाने कार्य जारी छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।