जेठ २२ । सृजना र मेधी चौधरीका हत्यारा सार्वजनिकको मागका साथै कमलरीहरु माथि भइरहेको यौन शोषणको छानबिन, कमलरी प्रथाको अन्त्य तथा मुक्त कमैयाहरुको उचित व्यावस्थापन लगायतका माग राखेर आन्दोलनरत कमलरीहरु र सरकारबीचको आजको वार्ता पनि विफल भएको छ ।
कमलरीहरुले सृजना र मेधीको हत्यारा सार्वजनिक नभएसम्म वार्तामा नबस्ने अडान समेत दोहोर्याएका छन् ।
उनीहरुले आफ्ना माग पूरा गर्न भन्दै सिंहदरबार अगाडी धर्नामा बसेका बेला प्रहरीले बर्बरतापूर्वक दमन समेत गरेको थियो ।
यसैबीच, आफ्ना माग पूरा गर्नको सट्टा सरकारले दमन गरेको भन्दै त्यसको विरोधमा गरिएको तराई बन्दको आज दोस्रो दिन पनि त्यस क्षेत्रमा यातायात, कलकारखाना तथा शिक्षण संस्थानहरु ठप्प रहेका छन् ।