जेठ २२ । राजधानीको लाजिम्पाटमा अवस्थित पाँच तारे होटल सांग्रिलामा आगलागी भएको छ ।
त्यहाँ आगलागी भएपछि तीन वटा दमकल, स्थानीय तथा ठूलो संख्यामा प्रहरी परिचालन गरी आगो नियन्त्रणमा लिइएको छ । होटलमा आगो लागेपछि पर्यटकहरुको भागाभाग मच्चिएको थियो भने होटल वरपर स्थानीयको भीड लागेको थियो ।
आगो लागेको केही समयमै त्यहाँ दमकल तथा सुरक्षा निकाय पुगेकाले आगलागीबाट ठूलो क्षति भने हुन पाएन ।
होटलको लिफ्टमा विद्युत सर्ट भएर आगोलागी भएको बताइएको छ । घटनास्थलबाट अहिले दमकलहरु फिर्ता भईसकेका छन् । तर आगलागीको क्षतिविवरण भने आएको छैन ।
पर्यटकहरुलाई केन्द्रित गरेर बनाइएका यस्ता होटलहरुमा आगलागी हुँदा नराम्रो सन्देश विश्वभर भने जाने सम्भावना रहने गर्दछ ।
(फोटो: शिव खकुरेल फेसबुकबाट)